बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

डोटी बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । बोगटान फुड्सिल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा चवराचौतारामा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
बोगटान फुड्सिल आँखा उपचार केन्द्रको सोमबाट एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । संविधानले व्यवस्था गरेअनुरूप नागरिकले गाउँपालिकामै आँखा उपचार पाउनुपर्ने हेतुले च्यारिटी हेल्थ फाउन्डेसनको सहयोगमा उपचार केन्द्रको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । उपचार केन्द्रको स्थापनापछि यहाँका बासिन्दाहरूको आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हट्ने अध्यक्ष गड्सिलाले बताए ।
बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई गाउँमै समयमै आँखाको उपचार सुविधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको च्यारिटी हेल्थ फाउन्डेसनका कार्यक्रम निर्देशक अनिल न्यौपानेले बताए । उपचार केन्द्रमा दैनिक आँखाको सामान्य चेकजाँच, चस्मा र औषधी वितरण जस्ता कार्य हुने न्यौपानेले बताए ।

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते
डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को
प्रतिकृया दिनुहोस