डोटीमा करिब साढे ११ हजार किशोरीलाई एचपिभी खोप लगाइने

डोटी डोटीमा करिब साढे ११ हजार किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लाका करिब ११ हजार ४८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाईने भएको हो ।
जिल्लामा यही माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई उक्त खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने उनले बताए । खोप सञ्चालनको बारेमा जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वास्थ्य संस्थासँग समन्वय भइसकेको समेत उनले बताए ।
सुदुरपत्रबाट

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते
डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को
प्रतिकृया दिनुहोस