डोटीमा एक महिलाको शव फेला


डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको के.आई.सिंह गाउँपालिका–६ लामाडाडा स्थित जङ्गलमा नाम, थर, वतन खुल्न नसकेको महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार उक्त जङ्गलको खोला दोभानमा दुई ढुङ्गाको बिचमा सडिगलेको अवस्थामा मङ्गलवार महिलाको शव फेला परेको हो । शव कङ्कालको रूपमा रहेको र शवको कपडा, कपाल, काटा, चुँडी लगायतका पहिरनले महिलाको शव पहिचान भएको उहाँले बताउनुभयो ।शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टराइले बताए ।

प्रतिकृया दिनुहोस

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना

रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा  अस्थायी  प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका  बिच

डोटीको आदर्श गाउँपालिका ५ मा नयाँ एम्बुलेन्स सञ्चालन

डोटी;डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ । नयाँ एम्बुलेन्सको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश