सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी - सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा गर्दै अगामी वर्षको लागि शुझाव संकलन गर्दै बिहिबार जिल्ला समुन्वय समितिको सभाहलमा आफ्नो वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षीक सामाजिक परिक्षण कार्यक्रमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले सिडिसिले शिक्षा क्षेत्रमा ठुलो टेवा पुगाई रहेको बताए । डोटी जिल्लाको शिक्षा क्षेत्रको लागि नेपाल सरकार तथा स्थानिय सरकारले गरिरहेको काममा सिडिसिले ठुलो योगदान गरिरहेको उनले बताए । सामुदायिक विकास केन्द्रले बिभिन्न ठाउँमा लगानि गरिरहेको उदाहरण दिँदै त्यसो नगरेर एकै ठाउँ विशेषमा मात्र लगानी लगाउन सके त्यसले राम्रो प्रतिफल दिने बताए ।
आगामी दिनमा कार्यक्रमा उठेका सल्लाह सुझावलाई आत्मसात गर्दै आफुहरुले काम गर्ने र स्थानिय तह लगायतका सरकारवालाहरु संग समन्वय गर्दै संस्थालाई अघाडी बढाउने सिडिसिका अध्यक्ष निर्मला रोस्यारा बताइन ।सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष निर्मला रोस्याराको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंह रहेका थिए ।
त्यस्तै विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउद , सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली , पुर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का लगायत पत्रकार नागरिक समाज स्थानिय तहका कर्मचारीहरु शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोहन शाहीले गरेका थिए । संस्थाले बिगत ३० बर्ष देखी समुदायिक परीबर्तको काम गरीरहेको छ ।
डस्टबिनका रुपमा डोका वितरण
रश्मि कुंवर डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ मा फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। ‘युएम एन डोटी’ र ग्रामीण
जाजरकोट भूकम्पको एक वर्ष : क्षति भएका घर तथा संरचना पुनर्निर्माणमा ढिलासुस्ती
जाजरकोट भूकम्पको एक वर्ष बितेको छ । पोहोर कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
आजदेखि नेपाल संवत् ११४५ शुरु
डोटी आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने
प्रतिकृया दिनुहोस