डोटीको आदर्शमा पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते

डोटी : डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।

डोटीको आदर्श गाउँपालिका–३ उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको पहिरोमा परि सोही वडाको आगरकी ६१ वर्षीया कौमती देवी ऐरको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र प्रसाद पाठकले जानकारी दिए । वडा अध्यक्ष पाठकका अनुसार कौमती सँगै रहेकी मृतककी करिब १२ वर्षीया नातिनी भुवनेश्वरी ऐर घाइते भएकी छन् ।

कौमतीको आफ्नी नातिनी सहित आदर्श गाउँपालिका–६ सौकल्लामा जानेक्रममा शनिवार बिहान ११ बजेतिर बाटो माथिबाट आएको पहिरोमा परि मृत्यु भएको हो ।मृतक कौमती देवी नातिनी सहित आफ्नो घरबाट आदर्श गाउँपालिका ६ सौकल्लामा माइति घर जाँदै थिइन् ।

प्रतिकृया दिनुहोस

पहिरोले कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु

पोखरा : अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।  स्थानीय ४७

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता

मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता

सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३  बस्ने अन्दाजी