शिखर नगरपालिकामा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न 

कृष्ण चन्द डोटी  - शिखर नगरपालिकामा सञ्चालीत निशुल्क पशु स्वास्थ्य  शिविरबाट १ सय ५० भन्दा बढी  किसान लाभान्वित भएका छन् । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले डोटी जिल्लाको  शिखर नगरपालिका  वडा न  ४ र ५  का  किसानलाई  मध्यनजर गरि एक दिने निशुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न  गरेको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भैरहेको एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका वडा न ४ र ५ का  पशुपालक किसानलाई  मध्यनजर गरि   शिखर नगरपालिका वडा न ४  धुर्कोट मा  एक दिने पशु स्वास्थ्य शिबिर सन्चालन गरेको छ । 

शिविरमा आन्तरिक परिजीवि ,बाहिरी परिजीवि , झाडापखाला , रुघाखोकी , पाचनकृयामा समस्या बाट ग्रसित  खसी बाख्रा लगायत पशुहरुको निशुल्क उपचार गरिनुका साथै शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स  दिनुका साथै  बाह् र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको जुनियर टेक्निसियन निरज बोगटीले बताए। 

यस्का साथै  शिविरबाट सेवा पाएका  कृषकहरुले  शिविर बाट प्राप्त  औषधि , परामर्श  र विभिन्न सेवाहरुले  आफुहरुलाई  निकै राहत पुगेको  र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले पशुपालन व्यवसायलाई  निरन्तरता दिइरहने कुरा ब्यक्त्त गरे ।
 

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को