शिखर नगरपालिकामा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न

कृष्ण चन्द डोटी - शिखर नगरपालिकामा सञ्चालीत निशुल्क पशु स्वास्थ्य शिविरबाट १ सय ५० भन्दा बढी किसान लाभान्वित भएका छन् । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले डोटी जिल्लाको शिखर नगरपालिका वडा न ४ र ५ का किसानलाई मध्यनजर गरि एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भैरहेको एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने शिखर नगरपालिका वडा न ४ र ५ का पशुपालक किसानलाई मध्यनजर गरि शिखर नगरपालिका वडा न ४ धुर्कोट मा एक दिने पशु स्वास्थ्य शिबिर सन्चालन गरेको छ ।
शिविरमा आन्तरिक परिजीवि ,बाहिरी परिजीवि , झाडापखाला , रुघाखोकी , पाचनकृयामा समस्या बाट ग्रसित खसी बाख्रा लगायत पशुहरुको निशुल्क उपचार गरिनुका साथै शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स दिनुका साथै बाह् र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको जुनियर टेक्निसियन निरज बोगटीले बताए।
यस्का साथै शिविरबाट सेवा पाएका कृषकहरुले शिविर बाट प्राप्त औषधि , परामर्श र विभिन्न सेवाहरुले आफुहरुलाई निकै राहत पुगेको र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले पशुपालन व्यवसायलाई निरन्तरता दिइरहने कुरा ब्यक्त्त गरे ।

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
वैशाख ३ गते । सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय

सरकारले कर्मथलोमा फर्किन आग्रह गरे पनि शिक्षकहरुकाे आन्दोलन निरन्तर रहने
नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको आन्दोलन निरन्तर रहने जनाएको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक मोडमा आइपुगेको तर
प्रतिकृया दिनुहोस