आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

डोटी – सौरमास अनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने अर्थात् (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ ।

माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । धेरै नेपाली असार महिनाभर खेतीकिसानीमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को