डोटीमा बेपत्ता महिलाको शव फेला

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी एक वेपत्ता महिलाको शव फेला परेको छ।शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट हराएकी थिइन् ।

बिहानै निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको चन्द्राका नातेदार समेत रहेका एमाले नेता नारद मलासीले जानकारी दिए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चन्द्राको खोजी गरिरहेको थियो ।

प्रहरी र स्थानीयबासीहरूको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाल प्रेसबाटशाभार

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को