डोटीमा बेपत्ता महिलाको शव फेला

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी एक वेपत्ता महिलाको शव फेला परेको छ।शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट हराएकी थिइन् ।
बिहानै निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको चन्द्राका नातेदार समेत रहेका एमाले नेता नारद मलासीले जानकारी दिए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चन्द्राको खोजी गरिरहेको थियो ।
प्रहरी र स्थानीयबासीहरूको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाल प्रेसबाटशाभार

टियु आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय

डोटीको पुर्बिचौकी गाउँपालीका ७ मा अस्थायी प्रहरी चौकी स्थापना
रश्मि कुवँर डोटी :डोटीको पुर्बिचौकी गाउँपालीकामा अस्थायी प्रहरी चौकी स्थापना गरीएको छ । पालीकाको वडा न ७ पोखरीमा बुधबार एक कार्यक्रमका बिच

डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
।डोटी - डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका– ७ बैरकोटका दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी
प्रतिकृया दिनुहोस