गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

डोटी - आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
दिउँसोपछि सुदूरपश्चिमका बझाङ, डोटी, बाजुरा, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुनी प्रणाली अहिले चार वटा प्रदेशमा पूर्ण रूपमा सक्रिय रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज कोशी, मधेस वागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ । लुम्बिनी र गण्डकीका सबैजसो क्षेत्रमा तीन दिनदेखि पानी परिरहेकाले जमिन गलेको तथा खोला नालामा पानीको बहाव बढेकाले प्राकृतिक विपत्तीको जोखिम रहेको छ ।

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित
धनगढी, २५ वैशाख : सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते
डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को
प्रतिकृया दिनुहोस