गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

डोटी -   आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

दिउँसोपछि सुदूरपश्चिमका बझाङ, डोटी, बाजुरा, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुनी प्रणाली अहिले चार वटा प्रदेशमा पूर्ण रूपमा सक्रिय रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज कोशी, मधेस वागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ । लुम्बिनी र गण्डकीका सबैजसो क्षेत्रमा तीन दिनदेखि पानी परिरहेकाले जमिन गलेको तथा खोला नालामा पानीको बहाव बढेकाले प्राकृतिक विपत्तीको जोखिम रहेको छ । 

प्रतिकृया दिनुहोस

डोटीको के.आई. सिंहमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

डोटी : डोटीको के. आई. सिंह गाउँपालिका–३ वासुदेवीमा ट्याक्टर दुर्घटनामा परेको छ । बिहिवार साँझ दिपायल बाट सिमेन्ट लिएर गएको ट्याक्टर दुर्घटनामा

सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्दै

सुदूरपश्चिम - सुदूरपश्चिममा डेंगीको संक्रमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१

शिखरका १६ जना बाख्रापालक किसानलाई खोर सुधारका लागी बिभिन सामाग्री हस्तान्तरण

डोटी  शिखर नगरपालीकाका  १६ जना  बाख्रापालक किसानलाई  खोर सुधारका  लागी चाहिने बिभिन्न सामाग्री हस्तानतरण गरीएका छन । सामुदायिक बिकास मञ्च