डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण,

डोटी ,डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले जिल्लाको  शिखर नगरपालिका   वडा न  ३ र ६ का १५५ जना र दिपायल सिलगढी नगरपालिका  वडा न ७ उडितोलाका कृर्षकहरुलाइ विभिन्न  कृषि सामाग्री तथा बर्षे तरकारी बालीका बिउहरु  हस्तान्तरण गरेको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका भित्रका वडा न ३ र वडा न ६ मा प्राकृतिक  खेती प्रणाली अवलम्बन  गर्दै  तरकारी खेती गर्दै आएका  ७ वटा कृर्षी समुहका १५५ जना र दिपायल सिलगढी ७ उडितोलाका  २५  जना कृर्षकहरुलाइ  करिव  ५ लाख बरावरको   विभिन्न कृषीजन्य सामाग्री र बर्षे तरकारी बालीका बिउहरु हस्तान्तरण गरेको एकीकृत सामुदायिक बिकास परियोजनाका कृषी प्राबिधिक निरज बोगटीले बताए ।
 कृषकलाई   संयुक्त रुपमा कृषि सामाग्री तथा तरकारीका बिउहरु  हस्तान्तरण गर्दै   गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला परियोजना संयोजक तेज प्रसाद शर्मा र सामुदायिक  बिकास मञ्च नेपाल डोटीका अध्यक्ष  खडक राज शर्माले हस्तान्तरण  गरिएको कृषि सामाग्री र बिउले  थोरै भएपनी कृर्षकलाइ राहत पुगेको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने र लाभान्वित कृर्षकको  संख्या तथा क्षेत्रफल वृद्धि  गर्दै लैजाने बताए । यसैगरी संयुक्त रुपमा कृषी सामाग्री तथा बिउहरु कृषकहरुलाइ हस्तान्तरण गर्दै शिखर नगरपालिकाका  नगरप्रमुख दिर्घ बहादुर बलायर र उपप्रमुख सुनिता रावल जोराले यो सहयोगले कृर्षकहरुलाइ तरकारी खेती गर्ने हौसला बढाएको र पालिकाले पनि राम्रो गर्ने मिहिनेती कृषकलाई  यस्तै सहयोग गर्नुका साथै कृर्षकहरुले उत्पादन गरेको तरकारीको बजारिकरण गर्न सहयोग गर्ने बताएका छन्  ।

प्रतिकृया दिनुहोस

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर

डोटीमा बस दुर्घटना

डोटी -डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका ४  को  समुहगाड