अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने,

डोटी  ,सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिजो क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गर्नुभएको छ ।

यो निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अरू ठाउँमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन् ।

भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिनेछ । यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

मन्त्री पौडेलले आमनागरिकले सहज तरिकाले क्यान्सर उपचार पाउने गरी सेवा विस्तारको कामलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर