डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण,
डोटी ,डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले जिल्लाको शिखर नगरपालिका वडा न ३ र ६ का १५५ जना र दिपायल सिलगढी नगरपालिका वडा न ७ उडितोलाका कृर्षकहरुलाइ विभिन्न कृषि सामाग्री तथा बर्षे तरकारी बालीका बिउहरु हस्तान्तरण गरेको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग र सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने शिखर नगरपालिका भित्रका वडा न ३ र वडा न ६ मा प्राकृतिक खेती प्रणाली अवलम्बन गर्दै तरकारी खेती गर्दै आएका ७ वटा कृर्षी समुहका १५५ जना र दिपायल सिलगढी ७ उडितोलाका २५ जना कृर्षकहरुलाइ करिव ५ लाख बरावरको विभिन्न कृषीजन्य सामाग्री र बर्षे तरकारी बालीका बिउहरु हस्तान्तरण गरेको एकीकृत सामुदायिक बिकास परियोजनाका कृषी प्राबिधिक निरज बोगटीले बताए ।
कृषकलाई संयुक्त रुपमा कृषि सामाग्री तथा तरकारीका बिउहरु हस्तान्तरण गर्दै गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला परियोजना संयोजक तेज प्रसाद शर्मा र सामुदायिक बिकास मञ्च नेपाल डोटीका अध्यक्ष खडक राज शर्माले हस्तान्तरण गरिएको कृषि सामाग्री र बिउले थोरै भएपनी कृर्षकलाइ राहत पुगेको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने र लाभान्वित कृर्षकको संख्या तथा क्षेत्रफल वृद्धि गर्दै लैजाने बताए । यसैगरी संयुक्त रुपमा कृषी सामाग्री तथा बिउहरु कृषकहरुलाइ हस्तान्तरण गर्दै शिखर नगरपालिकाका नगरप्रमुख दिर्घ बहादुर बलायर र उपप्रमुख सुनिता रावल जोराले यो सहयोगले कृर्षकहरुलाइ तरकारी खेती गर्ने हौसला बढाएको र पालिकाले पनि राम्रो गर्ने मिहिनेती कृषकलाई यस्तै सहयोग गर्नुका साथै कृर्षकहरुले उत्पादन गरेको तरकारीको बजारिकरण गर्न सहयोग गर्ने बताएका छन् ।
असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना
डोटी -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना
बझाङको बुङ्गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !
बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर
प्रतिकृया दिनुहोस