बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुईवटा नातिनी बेपत्ता भएका हुन् ।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको र तत्काल गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्दार गरिएको छ भने चार जना बेपत्ता भएको स्थानीय भरत महराले बताउनुभयो । उद्‍दारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ ।

स्थानीयहरु रातभर लागे पनि उद्दारमा कठिनाइ भइरहेको छ । बिराका छोरा उज्वल धामी भने भागेर बाँच्न सफल भएका थिए । उनले स्थानीयलाई गुहारेकाले बिरा धामी, बिराकी छोरी कमला धामी, नाती र एक बुहारीको जिवितै उद्दार गरिएको छ । भने चार जना घर भित्रै उद्दार गर्न नसकिने अवस्थामा रहेको उद्दारमा खटिएका स्थानीय भरत महराले बताउनुभयो ।

तन्त्र आवाजबाट साभार

प्रतिकृया दिनुहोस

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर

डोटीमा बस दुर्घटना

डोटी -डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका ४  को  समुहगाड