आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनीक बिदा

आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन विशेषगरी नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

इशापूर्व ५६३ मा रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेपछी २९ वर्षको उमेरमा दरबार छोडेर तपस्याका लागि निस्किनु भएको थियो।

इशापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो। बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारमध्ये एक अवतार मान्छन् भने एसियाको तारा पनि भनिन्छ।

दुःखलाई नास गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इशा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गर्नुभयो ।

बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहको मुल पुस्तकलाई ‘त्रिपिटक’ भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ भने त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत रहेको छ । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस

राज्यले सम्बोधन नगरेको द्वन्द्वपीडितको गुनासो

जेठ ११, रश्मि कुंवर डोटी : तत्कालीन सरकार र विद्रोही पक्षबीच भएको द्वन्द्वमा प्रभावित बनेका पीडितले आफूलाई राज्यले सम्बोधन नगरेको गुनासो गरेका

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते

  जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।  जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ  ग्रहण

धनगढी, ४ जेठ र  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ  लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच