कांग्रेस अहिले सरकार बाहिर जाने सोचमा छैन : आनन्दप्रसाद ढुंगाना

काठमाडौं : नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने नेताहरुको विचार निजी धारणा भएको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टीका नेताहरुले उठाएका कुरा आफूले पनि सुनेको बताउँदै यी सबै डा। शेखर कोइराला लगायतको व्यक्तिगत कुरा भएको दावी गर्नुभयो । गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने विचार पार्टीको आधिकारिक निर्णय नभएको पनि नेता ढुंगानाले स्पष्ट पार्नुभएको छ ।

नेता ढुंगानाले सरकारले राम्रो काम गर्ने प्रयास गरिरहेकाले केही कमीकमजोरी भए पनि आपसी छलफलमा टुंग्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै अहिलेको गठबन्धन कांग्रेसले नै बनाएकाले कांग्रेस अहिले सरकार बाहिर जाने सोचमा नरहेको पनि उहाँको भनाइ छ ।

यस्तै नेता ढुंगानाले कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी रहने बताउँदै पार्टीको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ  ग्रहण

धनगढी, ४ जेठ: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ  लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच प्रदेश

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश

काठमाडाैँ : सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । शुक्रबार

जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु

जेठ २ :  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल