महिलाले राजनितिमा आउनु ,फलामको चिउरा चपाउनु सरह, काँग्रेस केन्द्रीय सदस्य तिमिल्सेना

कृष्ण चन्द डोटीः महिलाले राजनितिक नेतृत्वमा आउनु फलामको चिउरा चपाउनु उस्तै उस्तै रहेको काग्रेस केन्द्रीय सदस्य बिद्या तिमिल्सेनाले बताएकी छन ।

प्रेस युनियन डोटीले सिलगढीमा मगलवार आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन । राजनीतिमै महिला सहभागिता न्युन छ  यो अपेक्षित मात्रामा सुधार समेत हुन नसकिरहेको उनले बताइन ।

राजनीतिमा महिलाहरूको संख्या न्यून हुनु वा महिलाहरू पलायन हुनुको पछाडिका कारणहरूको विश्लेषण गर्दा महिलालाई राजनीति गर्न समस्या महिलाको घरबाट शुरू भएर टोल छिमेक समाज हुँदै पार्टी नेतृत्वसम्म रहको उनको भनाई छ ।

पुरूष सतात्मक समाजमा राजनितिमा लाग्न महिलाले परिवारबाट लगभग बिद्रोह गर्नु पर्ने अवस्था रहेको समेत उनले बताइन । नेपाली राजनीतिमा महिलाको न्युन संख्यामा सुधार गर्न तथा राजनीतिबाट महिलाको पलायन न्युनिकरण गर्न सबभन्दा पहिले महिलाहरूले आफ्नो सोच परिवर्तन गरी आत्मबल बढाउन आवश्यक रहको उनको भनाइ थियो ।

परिवार र समाज महिलाको राजनीतिमा समावेशिता प्रति केही उद्धार मात्र भईदिए पनि महिलालाई राजनीति गर्न र टिक्न निकै सहज हुन उनको धारणा छ । नेपालको संविधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भएपनि धेरैका दृष्टिकोणमा त्यो प्रक्रिया “विधि पूरा गर्ने तहमा“ मात्र सीमित देखिएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा

आज ७४औँ प्रजातन्त्र दिवस

काठमाडौं : १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ।प्रजातन्त्र

कांग्रेस महासमिति बैठकको तयारी पूरा, क-कसले सहभागी हुन् पाउँछन् ?

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले