विमानस्थलभित्रै थप १०० केजी सुन लुकेको आशंका

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ। सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ।

विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको जनाएको छ।

विभागले हिजो त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो। अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ।

विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन्। विभागले पक्राउ परेकाहरुको घर तथा बासस्थान खानतलासी गरेको थियो।

प्रतिकृया दिनुहोस

सुन जोख्नका लागि टक्सार विभागमा लगियो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ । राजश्व

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग

काठमाण्डौ : नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड अमेरिकी डलर १२ करोड बराबर सहुलियत पूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ अमेरिकी डलर एक करोड ९७

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आज बुधवार दिउँसो प्रधानमन्त्री प्रचण्ड भारतको