प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आज बुधवार दिउँसो प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।
सुन जोख्नका लागि टक्सार विभागमा लगियो
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ । राजश्व
विमानस्थलभित्रै थप १०० केजी सुन लुकेको आशंका
काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंका बाहिर आएको छ। सो आशंका उत्पन्न भएसँगै राजस्व अनुसन्धान विभागले विशेष
विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग
काठमाण्डौ : नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड अमेरिकी डलर १२ करोड बराबर सहुलियत पूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ अमेरिकी डलर एक करोड ९७
प्रतिकृया दिनुहोस