बलिउडमा ‘पुष्पा द राइज’को अनपेक्षित व्यापार

तेलुगु सिनेमामा धुम् मच्चाइरहेको अल्लु अर्जुनको ‘पुष्पा द राइज’ले अल्लु अर्जुनको स्टारडम् प्रमाणित गरेको छ । फिल्मले १० दिनमा ३७ करोडभन्दा बढी कलेक्सन गरेको छ । पुष्पाले पहिलो १० दिनमा चर्चित साउथ फिल्म ‘केजीएफ च्याप्टर १’ भन्दा बढी संकलन गर्न ‘पुष्पा द राइज’ सफल भएको छ ।  

पुष्पाले हिन्दी भाषीमा यत्तिको लोकप्रियता कमाउँछ भनेर धेरैले अनुमान गरेका थिएनन् । अल्लु अर्जुनको हिन्दी र तेलुगुमा व्यापक रूपमा रिलिज भएकाे यो पहिलो फिल्मसमेत हो ।  

‘पुष्पा’ १७ डिसेम्बरमा तेलुगुसँगै हिन्दी भाषामा पनि रिलिज भएको थियो । २६ डिसेम्बर मा ४.५ करोडको नेट कलेक्सनका साथ पुष्पाले बक्स अफिसमा १० दिनको यात्रा पूरा गरेर नेट कलेक्सन ३७.२० करोड पुर्‍याएको छ । 

‘पुष्पा’ले हिन्दी भाषी सिनेमा हलमा दैनिक ३.७२ करोड कलेक्शन गरेको छ । हल व्यवसायीहरूका अनुसार सिंगल स्क्रिन सिनेमाघरसँगै साना सहरमा पनि चलचित्रले उत्कृष्ट व्यापार गरिरहेको छ ।

दोस्रो साताको शुक्रबार फिल्मले २.३१ करोड र शनिबार ३.७५ करोड कमाएको थियो । ओपनिङ विकेन्डमा फिल्मले करिब १२ करोड कलेक्सन गरेको थियो । केरलामा, पुष्पाले १० दिनमा १०.१५ करोडको ग्रस कलेक्सन गरेको छ ।

प्रतिकृया दिनुहोस

संगीत विद्यालय स्थापनाका लागी डोटी महोत्सवको आयोजना

कृष्ण चन्द  -डोटीमा संगीत विद्यालयको शिलान्यास गर्नका लागी डोटी  सांस्कृतीक तथा  पर्यटन महोत्सव आयोजना गरीएको छ । रेडीयो डोटीको नियमित स्तम्भ

एमसिसी कार्यान्वयनको तयारी, नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्ट

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

लेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५