धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु ,घाइतेको सङ्ख्या २८ पुग्यो,

 पोखराबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा घाइते हुनेको सङ्ख्या २८ पुगेको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको   बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।  हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । यसमध्ये पोखरामा ४३ जना चढेका थिए भने २ जना मुग्लिनबाट चढेका थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । 

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको भट्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु ,घाइतेको सङ्ख्या २८ पुग्यो,

पोखराबाट काठमाडौँ जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा घाइते हुनेको सङ्ख्या २८ पुगेको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । आज बिहान

डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, चारै जना धनगढी रिफर

फाल्गुन १०, डोटी :डोटीको बोगटानमा आइतबार जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट दिपायल तर्फ आउँदै गरेको

डोटीमा प्रतिनिधि सभा निर्वाचनका लागि ९ दलका ९ जनाको मनोनयन दर्ता

डोटी : फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि डोटी जिल्लामा ९ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एक मात्रै प्रतिनिधि सभा