भाषा र संस्कृति पर्यटनको मुख्य आधार : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्न सक्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने उनको भनाइ छ। 

उनले पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको स्वीकार गरे। आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्नेमा देउवाको जोड छ। 

‘आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो । पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ।’ देउवाले भने,‘हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन । यसका लागि हामी सबै लाग्नुपर्छ । हाम्रो पार्टी र म लाग्नेछौँ ।’ 

आदिवासी जनजातिको सहभागिता बढ्दा काँग्रेस झनै बलियो र प्रभावशाली बन्ने देउवाको दाबी छ।

प्रतिकृया दिनुहोस

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा

आज ७४औँ प्रजातन्त्र दिवस

काठमाडौं : १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ।प्रजातन्त्र

कांग्रेस महासमिति बैठकको तयारी पूरा, क-कसले सहभागी हुन् पाउँछन् ?

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले