'कठपुतली'लाई दर्शकको साथ

शुक्रबारदेखि  प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकहरूलाई हालसम्म तानेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा हाउसफुल व्यापार गरेको छ ।

कोरोनाको कारण हलसम्म आउन नसकेका दर्शक झन्डै दुई वर्षपछि नेपाली चलचित्र हेर्न हलमा पुगेका थिए । चलचित्र प्रदर्शन भएका हलहरूमा दर्शकहरुको भीड देखिएको छ । यो चलचित्रको कथावस्तुलाई पनि दर्शकले रुचाएका छन् ।

शनिबार चलचित्र हेर्न पुगेका ‘नेपाल आइडल ४’ का प्रतिस्पर्धीहरूले नेपाली चलचित्रको निर्माणको स्तर बढेकोमा खुसी व्यक्त गरे  । उनीहरूले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति र प्राविधिक पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई पृथ्वी रानाले निर्माण गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, ध्रुव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

संगीत विद्यालय स्थापनाका लागी डोटी महोत्सवको आयोजना

कृष्ण चन्द  -डोटीमा संगीत विद्यालयको शिलान्यास गर्नका लागी डोटी  सांस्कृतीक तथा  पर्यटन महोत्सव आयोजना गरीएको छ । रेडीयो डोटीको नियमित स्तम्भ

एमसिसी कार्यान्वयनको तयारी, नौ अर्ब लागत बढ्ने अनुमान

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्ट

थाईल्यान्डलाई हराउदै नेपाल सेमिफाइनलमा

लेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपाल २ सय २५