जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आजबाट सुरु

जेठ २ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गर्नुभएको छ । शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुभारम्भ गर्नुभएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बैतडीको पाटनमा ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै देशलाई एकताबद्ध गर्नका लागि जागरण अभियान सञ्चालन गरिएको बताए । जनताका समस्या नजिकबाट सुन्नका लागि अभियान सञ्चालन गरिएको र समस्याको सम्बोधनका लागि सिंहदरबार र सडकबाट पहल गर्ने उहाँले बताए । तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उनले बताए ।
माओवादी पार्टी जनताको पार्टी रहेको बताउदै उहाँले उत्पीडित वर्गको हक अधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले जोड दिनुभयो । यसका साथै करौडौं खर्च गरेर पुनः निर्माण गरिएको पाटन विमानस्थल सञ्चालन सञ्चालन हुन नसकेकोप्रति अध्यक्ष दाहालले दुःख व्यक्त गर्नभयो ।
कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नभयो । किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उहाँले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताए ।

राज्यले सम्बोधन नगरेको द्वन्द्वपीडितको गुनासो
जेठ ११, रश्मि कुंवर डोटी : तत्कालीन सरकार र विद्रोही पक्षबीच भएको द्वन्द्वमा प्रभावित बनेका पीडितले आफूलाई राज्यले सम्बोधन नगरेको गुनासो गरेका

चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु ,एक घाइते
जेठ ५ डोटी :डोटीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वीचौकी गाउँपालिका २ वाडीमा सोमबार साझ चट्याङ लागेर घाइते भएकी प्रेम

वन मन्त्री रामेश्वर चौधरीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण
धनगढी, ४ जेठ र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच
प्रतिकृया दिनुहोस