प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा

डोटी : डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् ।

बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण कार्य सम्पन्न हुनु पर्ने मोटरेवल पुल १० बर्ष ७ महिना बित्दा समेत नबनेपछि विरोध स्वरुप शिखर नगरपालिका, सायल र आदर्श गाउँपालिकाका ८ सय ४४ जनाले प्रतिव्यक्ति एक रुपैयाँका दरले रकम संकलन गरी चस्मा सहित प्रधानमन्त्रीलाई पठाएका हुन् । सरकारले पुलको दुरावस्ता नाङ्गो आँखाले देख्न नसकेको हुँदा चस्मा लाएर हेर्न अनुरोध गर्दै स्थानीयबासीले व्यङ्ग्य गर्दै एक चस्मा समेत प्रधानमन्त्रीलाई उपहार दिएका छन् ।

शिखर नगरपालिका–१० बानेडुंग्रीसैनस्थित सेती नदीमाथी निर्माण हुन लागेको मोटरेवल पुल निर्माण कार्य ठेकेदारको लापरबाहीले अलपत्र पार्दा स्थानीयबासी मार्कामा परेका छन् ।

२०७१ साल असार २९ गते पुल निर्माणका लागि सडक डिभिजन कुलपाते डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु—राजेन्द्र जेभीबीच सम्झौता भएको थियो । उक्त पुलको कार्य २०७४ साल असार २८ गते सम्पन्न भइसक्नु पर्ने थियो । तर हालसम्म पुलको भौतिक प्रगति २४ प्रतिशत मात्रै भएको देखिएको छ ।

निर्माण व्यवसायीले राजनीतिक आडमा पटक-पटक ठेक्काको म्याद थप्दै गर्ने तर काम नगर्ने भएपछि ८ सय ४४ जना स्थानीयको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको स्थानीयबासी तथा सञ्चारकर्मी रामहरि ओझाले बताए । उक्त ज्ञापन पत्रसंगै हस्ताक्षरकर्ताहरुले प्रतिव्यक्ति एक रुपैयाँका दरले चन्दा संकलन गरी ८ सय ४४ रुपैयाँ समेत बुझाएकोे ओझाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को