दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता

 देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले अपराधजन्य घटना बढेकाे जानकारी गराउनुभएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार दैनिक औसतमा एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको छ । जसमा आत्महत्याका २० र जबरजस्ती करणीका सात वटा मुद्दा हुने गरेका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्तव्य ज्यानसम्बन्धी एक सय ९३ वटा मुद्दा दर्ता भएका छन् । गएको वर्ष यही अवधिमा एक सय ९२ वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म आठ सय २३ वटा मुद्दा दर्ता भएका छन् । गएको आर्थिक वर्षमा आठ सय नौ वटा मुद्दा दर्ता भएका थिए । सङ्गठित अपराधमा गएकाे वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ वटा मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी मुद्दा गएकाे आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार तीन सय ६९ रहेकोमा अहिले बढेर एक हजार ६ सय १९ पुगेको छ ।

सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

खप्तडमा विद्युत् नहुँदा समस्या

 डोटी -खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय

पश्चिम नेपालमा बदली, चिसो बढ्ने

डोटी अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति

बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –५ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको