दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता
देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले अपराधजन्य घटना बढेकाे जानकारी गराउनुभएको हो ।
प्रहरीको तथ्याङ्कअनुसार दैनिक औसतमा एक सय ६२ वटा मुद्दा दर्ता हुने गरेको छ । जसमा आत्महत्याका २० र जबरजस्ती करणीका सात वटा मुद्दा हुने गरेका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कर्तव्य ज्यानसम्बन्धी एक सय ९३ वटा मुद्दा दर्ता भएका छन् । गएको वर्ष यही अवधिमा एक सय ९२ वटा मुद्दा दर्ता भएका थिए ।
त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म आठ सय २३ वटा मुद्दा दर्ता भएका छन् । गएको आर्थिक वर्षमा आठ सय नौ वटा मुद्दा दर्ता भएका थिए । सङ्गठित अपराधमा गएकाे वर्ष पाँच वटा मुद्दा परेकोमा यस वर्ष ३९ वटा मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी मुद्दा गएकाे आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार तीन सय ६९ रहेकोमा अहिले बढेर एक हजार ६ सय १९ पुगेको छ ।
सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ
एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित
डोटीः एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी
पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा प्रकाश बम निर्वा्चित
डोटी -नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा प्रकाश बम निर्वा्चित भएका छन् । शुक्रबार भएको नेपाल पत्रकार महासंघ डोटीशाखाको चुनावमा बम डोटीको
प्रतिकृया दिनुहोस