एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित

डोटीः एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी हुन।

४ सय १२ मतमध्ये मलासीले २ सय १५ मत प्राप्त गरेकी थिइन् भने मल्लले १७१ मत ल्याएका थिए। त्यस्तै उपाध्यक्ष पदमा खगेन्द्र बडैला विजयी भएका छन्। उनले १११ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि परेका छन्। यो पदका लागि गणेश विष्टले १ सय ७, लक्ष्मण मलासी ९७, र चक्रबहादुर घर्ती ५८ मत प्राप्त गरेका छन्।

सचिव पदका  उम्मेदवार पदमबहादुर भट्टले २३७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी धनबहादुर नेपालीले ११९ मत प्राप्त गरे भने झलक पालीले ६८ मत मात्र पाएका छन्। यस्तै (खुला)डम्मर डौडीले १५२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

 यस्तै बमबहादुर बमले १२३ मत प्राप्त गरे भने कृष्णकुमार खडका ६७ र कृष्ण दर्लामी ३४ मतमा सीमित बन्न पुगेका छन्। उपसचिव समावेशी० पदमा  विस्ना सिंहले २ सय ८ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी ससी सोपले १४६ मत प्राप्त गरेकी छन्। अध्यक्ष, उपसचिव ९खुला० र उपसचिव समावेशीमा मञ्जु प्यानलका उम्मेदवारहरूले जित हाासिल गरेका छन्। कूल ४१२ जना प्रतिनिधि मतदाता रहेकोमा ३९४ मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

खप्तडमा विद्युत् नहुँदा समस्या

 डोटी -खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय

पश्चिम नेपालमा बदली, चिसो बढ्ने

डोटी अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति

बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –५ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको