पुर्वीचौकीमा एक दिने पशु स्वास्थ्य शिबिर सम्पन्न
निरज बोगटी डोटीको पुर्वीचौकी गाउँपालिकामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले पुर्वीचौकी गाउँपालिका वडा न ७ पोखरीका किसानलाई मध्यनजर गरि संयुक्त रुपमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।\
सम्पन्न शिविरबाट १५० भन्दा बढी किसान परिवार लाभान्वित भएका छन् भने करिव १०० भन्दा बढी पशुचौपायाको उपचार तथा एक हजार बढी पशुचौपायाको लागि विभिन्न रोगको औषधि बितरण गरिएको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भैरहेको एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने पुर्वीचौकी गाउँपालिका वडा न ७ का विभिन्न गाउँबस्तीका किसानलाई मध्यनजर गरि पुर्वीचौकी गाउँपालीका सङ्ग समन्वय गरि संयुक्त रुपमा पालिकाको वडा न ७ गजडामा एक दिने पशु स्वास्थ्य शिबिर सन्चालन गरेको हो ।
शिविरमा आन्तरिक परिजीवि ,बाहिरी परिजीवि , झाडापखाला , रुघाखोकी , पाचनकृया समस्याबाट ग्रसित खसी बाख्रा लगायत पशुहरुको निशुल्क उपचार गरिनुका साथै शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स दिनुका साथै बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको परियोजनामा कार्यरत कर्मचारी निरज बोगटीले बताए। यस्का साथै शिविरबाट सेवा पाएका कृषकहरुले शिविर बाट प्राप्त औषधि , परामर्श र विभिन्न सेवाहरुले आफुहरुलाई निकै राहत पुगेको र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले पशुपालन व्यवसायलाई निरन्तरता दिइरहने कृर्षकहरुको भनाइ छ ।
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
आदर्श गाउँपालीकामा महिलासंग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै
रश्मि कुवँर डोटी: डोटीको आदर्श गाउपालीकाले सुरु गरेको महिलासंग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । महिलाहरुलाई
प्रतिकृया दिनुहोस