आदर्श गाउँपालीकामा महिलासंग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै
रश्मि कुवँर डोटी: डोटीको आदर्श गाउपालीकाले सुरु गरेको महिलासंग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । महिलाहरुलाई आर्थिक,स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उपाध्यक्षसँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
बीहिबार मात्रै गाउँपालीकाले वडा नम्बर १ का ६८ र वडा न २ का ६४ जनालाइ न्यानो कम्बल वितरण गरिएका हो । जाडो छल्न सहयोग पुगोस् भन्ने उदेश्यका साथ अति बिपन्न, दलीत,एकल महिला, सुत्केरी महिलाहरुलाई कम्मल बितरण गरीईएको १ न वडाका अध्यक्ष भरत खडकाले बताउनु भयो ।
वडाका विभिन्न टोलका आर्थिक अवस्था कमजोर भएका, एकल महिला, दलीत, सुत्केरी महिलाहरुलाइ छनोट गरि न्यानो लुगा वितरण गरिएको आदर्श गाउँपालीका २ न वडाका वडा अध्यक्ष रमेश साउदले बताएका छन । चिसो मौसममा न्यानो कम्मल पाएपछि आफुहरुलाइ राहात भएको उनीहरुको भनाइ छ ।
महिलासंग उपाध्यक्ष कार्यक्रम मार्फत महिलालाई आयआर्जनसँग जोडेर उनीहरुको आय आर्जनर्लाइ बृद्धी गर्ने उदश्यले विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै लगानी गरिएको गाउपालीकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताइन ।
उनले भनिन्, “बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भएको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन गाउँपालीकाको सहयोग रहने उनको भनाई छ ।
कुपोषण न्यनिकरणका लागी स्वस्थ्य खानपिनमा ध्यान दिन उपाध्यक्ष धामीले सबैमा आग्रह गर्नु भएको छ । यस्ता कार्यक्रम आगामी आर्थिक बर्षमा पनि सञ्चालन गर्ने प्रतिबद्धता उनको छ ।
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी - सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा
प्रतिकृया दिनुहोस