असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना
डोटी -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना गरिन लागेको लेखक संघ डोटीले जनाएको छ । नेपाल लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठाने डोटीले आयोजना गरेको उत्सवमा सुदूरपश्चिमका एक दर्जन बढि साहित्यकारहरुको सहभागिता रहने छ ।
आयोजकले बिभिन्न जिल्लाका प्रतिष्ठित साहित्यकारहरुलाई आमन्त्रण गरेको छ । डडेल्धुराका कवि कैलाश कुमार पाण्डेय, गजलकार निर्मला बोगटी ,गजलकार एवंम कवि हेमा देउवाले प्रतियोगितामा सहभागिता जनाउने छन । कञ्चनपुरका लेखक गडसेरी माईला, लेखक एवम कवि कबिराज भटट, बैतडीका लेखक देबेन्द्र भटटका साहित्यीक रचनाहरु प्रस्तुत गरिने छन ।
कैलालीका शाहित्यकार पदमराज जोशी प्रभात निर्मल कुमार भण्डारी अछामका नविन चिराग, गायक तथा गजलकार राम साउँद, बझाङका गजलकार पुर्ण मल्ल,बाजुराका आख्यानकार हर्क खडायत र गजलकार लोकेन्द्र बोहरा परिवर्तनको सहभागितामा साहित्य उत्सव २०८१ मनाइन लागेको आयोजक लेखक संघ र साहित्य प्रतिष्ठान डोटीले जनाएको छ ।
एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ
दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता
देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल
एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित
डोटीः एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी
प्रतिकृया दिनुहोस