रेडीयो डोटीकी म्यानेजर कुवँर, सहित ५ जना सम्मानित

डोटी - नेपाल पत्रकार महासङ्घ डोटी शाखाले रेडीयो डोटीकी  स्टेशन मेनेजर  रश्मि कुवँर सहित  ५ जनालाई सम्मान गरेको छ ।  बुधवार महासङ्घले शाखाको १४ औँ साधारण सभा तथा ८ औँ अधिवेशनको अवसरमा ५ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो । 

डोटीमा बसेर पत्रकारीता क्षेत्रमा उहाँहरुले गर्नु भएको योगदानको उच्च सम्मान गर्दै जिल्लाका क्रीयासील पत्रकारहरुलाई बिभिन्न बिधातर्फ सम्मान गरेको प्रत्रकार महाँसंघ डोटी शाखाले जानकारी दिएको छ ।

 सम्मानित हुनेमा  रेडीयो डोटीकी  स्टेसन मेनेजर रश्मि कुवँर,छापा सञ्चारमाध्यम तर्फ बिम्ब साप्ताहिकका सम्पादक रामहरि ओझा,  रेडियो नेपालमा डोटेली भाषाका समाचार वाचक धिरेन्द्र चटौत, नेपाल टेलिभिजनका डोटी संवाददाता सुवास नेपाली,  रहेका नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाहीले जानकारी दिए । सम्मानित हुने सञ्चारकर्मीहरूलाई सम्मान पत्र, दोसल्ला र पाँच हजार रुपैयाँ नगद प्रदान  गरिएको शाहीले बताए ।

प्रतिकृया दिनुहोस

डोटीको जोरायलमा भिरबाट लडेर एक महिलाको मृत्यु

डोटीः भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर ३९ वर्षीया भूमिसरा खड्काको

आज क्रिसमस दिवस, सरकारद्धारा सार्वजनिक बिदा

इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने

चिसो मौसममा बिहान सबेरै ‘मर्निङ वाक’ नगर्न विज्ञको सुझाव

 चिसोयाममा बिहान झिसमिसेको पहिलो प्रहरमै ‘मर्निङ वाक’ निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुले बताएका छन् । एकाबिहानैको हावा