अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने,

डोटी  ,सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिजो क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गर्नुभएको छ ।

यो निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अरू ठाउँमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन् ।

भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिनेछ । यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ ।

मन्त्री पौडेलले आमनागरिकले सहज तरिकाले क्यान्सर उपचार पाउने गरी सेवा विस्तारको कामलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात  एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ

दैनिक आत्महत्याका २० र बलात्कारका ७ वटा मुद्दा प्रहरीमा दर्ता

 देशमा सामाजिक अपराधजन्य घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै नेपाल

एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित

डोटीः एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्बाचित भएकी छन्। सोमबार सम्पन्न निर्वाचनमा उनले शेरबहादुर मल्ललाइ ४४ मतको अन्तरले हराउँदै विजयी भएकी