बाख्रापालक किसानलाई बिभिन्न प्रजातीका  घाँसका बिरुवा बितरण 

गंगा पार्की डोटी  - बाख्रापालक किसानलाई डाले तथा भुइँ  घासका बिरुवा बितरण  गरीएका छन । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले डोटी जिल्लाको  शिखर नगरपालिका  वडा न  ४ , ५ र दिपायल सिलगढी ८ का  बाख्रापाल किसानलाई  विभिन्न प्रजातिका डाले तथा भुइँ  घासका बिरुवा बितरण गरेको छ । 

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भैरहेको एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका वडा न ४,५ र दिपायल सिलगढी वडा न ८ मा बाख्रा पालन गर्दै आएका  करिव १०० जना कृषकलाई डिभिजन  वन  कार्यालय  डोटी र सव डिभिजन वन कार्यालय  दुर्गामाण्डौ सङ्ग समन्वय गरि डाले घाँस अन्तरगत किम्बु, इपिल बकाइनो , भिमल,च्युरी,लहरे पिपल  र जिल्ला बाहिर  घाँस फार्म बाट रेड नेपियर, सुप्र नेपियर, स्मार्ट नेपियर , बदामे, भट्टमासे, सुम्बास्टेरिया प्रजातिका भुइँ  घासका बिरुवा खरिद गरि किसानलाई  बितरण गरिएको एकीकृत सामुदायिक बिकास परियोजनामा कार्यरत  कृषी प्राबिधिक निरज बोगटीले बताए 

साथै  उनले   डाले तथा भुइँ  घाँस बितरणले कृषक बर्गमा  हिउद र  जेठ असारमा हुन्ने घासको समस्या कम हुनुका साथै बितरण गरिएका घाँसहरु  पोषकयुक्त्त भएकाले तिनको प्रयोग बाट बाख्रापालन  ब्यवसाय अझै फ्स्टाउने  अपेक्षा रहेको  जानकारी गराउनु भयो । 


परियोजना बाट  लाभान्वित कृषकहरुले  परियोजना बाट उपलब्ध  गरिएको  डाले तथा  भुइँ  घाँस का बिरुवाले  आफुहरुलाई  निकै राहत पुगेको  र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले   बाख्राको संख्या  बढाउनुका साथै  व्यवसायलाई पनि  वृद्धि  गर्दै लैजाने बताएका छन ।
 

प्रतिकृया दिनुहोस

सर्वोच्च अदालतको आदेशपछि प्रदेश लोकसेवा आयोगका परीक्षा स्थगित

धनगढी, २५ वैशाख :  सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २०

डोटीमा हाईस दुर्घटना हुदा एक जनाको मृत्यु, ६ जना घाईते

डोटीमा इभि हाइस दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् ।  मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको

डोटीमा मिनिट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु

डोटी:डोटीमा मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।बुधबार विहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को