सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको परिपत्र

माजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका कारण ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय कार्यान्वयन नगर्न गृहले गएको शुक्रवार परिपत्र गरेको हो ।

यसअघि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम लागू भएको थियो । तर, ज्येष्ठ नागरिकले दुःख पाएको गुनासो गरेपछि गएको असार २७ गते सरकारले तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले निर्णय गरे पनि यससम्बन्धी औपचारिक परिपत्र नआएको भन्दै पालिकाहरुले परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएका थिए । अब अनिवार्य नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर

डोटीमा बस दुर्घटना

डोटी -डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका ४  को  समुहगाड