सेती नदीमा बाढी : ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारियो

तस्बिर रासस

डोटी - सेती नदीमा जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा मा.वि.मा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सारिएको हो । नदी किनारमा लगाएको तटबन्धमाथि नै जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा–६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा छन् । यसअघि २०७८ साल कात्तिक पहिलो हप्ता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा बस दुर्घटना ः चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट