डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण,

डोटी ,डोटी जिल्लाका दुई नगरपालीकाका १८० जना कृर्षकहरुलाइ कृर्षि सामाग्री हस्तानतरण गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले जिल्लाको  शिखर नगरपालिका   वडा न  ३ र ६ का १५५ जना र दिपायल सिलगढी नगरपालिका  वडा न ७ उडितोलाका कृर्षकहरुलाइ विभिन्न  कृषि सामाग्री तथा बर्षे तरकारी बालीका बिउहरु  हस्तान्तरण गरेको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका भित्रका वडा न ३ र वडा न ६ मा प्राकृतिक  खेती प्रणाली अवलम्बन  गर्दै  तरकारी खेती गर्दै आएका  ७ वटा कृर्षी समुहका १५५ जना र दिपायल सिलगढी ७ उडितोलाका  २५  जना कृर्षकहरुलाइ  करिव  ५ लाख बरावरको   विभिन्न कृषीजन्य सामाग्री र बर्षे तरकारी बालीका बिउहरु हस्तान्तरण गरेको एकीकृत सामुदायिक बिकास परियोजनाका कृषी प्राबिधिक निरज बोगटीले बताए ।
 कृषकलाई   संयुक्त रुपमा कृषि सामाग्री तथा तरकारीका बिउहरु  हस्तान्तरण गर्दै   गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला परियोजना संयोजक तेज प्रसाद शर्मा र सामुदायिक  बिकास मञ्च नेपाल डोटीका अध्यक्ष  खडक राज शर्माले हस्तान्तरण  गरिएको कृषि सामाग्री र बिउले  थोरै भएपनी कृर्षकलाइ राहत पुगेको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने र लाभान्वित कृर्षकको  संख्या तथा क्षेत्रफल वृद्धि  गर्दै लैजाने बताए । यसैगरी संयुक्त रुपमा कृषी सामाग्री तथा बिउहरु कृषकहरुलाइ हस्तान्तरण गर्दै शिखर नगरपालिकाका  नगरप्रमुख दिर्घ बहादुर बलायर र उपप्रमुख सुनिता रावल जोराले यो सहयोगले कृर्षकहरुलाइ तरकारी खेती गर्ने हौसला बढाएको र पालिकाले पनि राम्रो गर्ने मिहिनेती कृषकलाई  यस्तै सहयोग गर्नुका साथै कृर्षकहरुले उत्पादन गरेको तरकारीको बजारिकरण गर्न सहयोग गर्ने बताएका छन्  ।

प्रतिकृया दिनुहोस

डोटीका तिन पालिकाका ९० जना किसानलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान 

 कृष्ण चन्द डोटी ,डोटी जिल्लाका तिन पालिकाका ९० जना किसानलाई  २ दिने बाख्रापालन सम्बन्धी तालिम प्रदान गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ

आदर्श गाउँपालीकाद्धारा १० दिने  सिप बिकास तालीम  सम्पन्न

रश्मि कुवँर -डोटीको आदर्श गाउँपालीकाले  दश दिने  सिप बिकास एडभान्स तालीम  सम्पन्न गरेको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा गरीबि निवारणकालागी

स्व. अनमोल खड्काको  १० औं स्मृतीमा बिद्यार्थिहरुलाई  छात्रवृती बितरण

कृष्ण चन्द डोटी , स्वर्गिय अनमोल खडकाको  १० औं स्मृतीमा बिद्यार्थिहरुलाई  प्रोत्साहन स्वरुप छात्रवृती रकम बितरण गरीएको छ ।डोटी जिल्लाको आदर्श