स्व. अनमोल खड्काको  १० औं स्मृतीमा बिद्यार्थिहरुलाई  छात्रवृती बितरण

कृष्ण चन्द डोटी , स्वर्गिय अनमोल खडकाको  १० औं स्मृतीमा बिद्यार्थिहरुलाई  प्रोत्साहन स्वरुप छात्रवृती रकम बितरण गरीएको छ ।डोटी जिल्लाको आदर्श गाउँपालीका वडा न १ को बाँझ ककानिमा रहेको श्री भैरब माध्यामीक बिद्यालयका ३२ जना  बिद्यार्थिहरुलाई  प्रति ब्यक्ती रु ६२५ का दरले  रु २००००  स्व अनमोल स्मृती अक्षय कोषको रकम बाट प्राप्त भएको ब्याजबाट  उक्त छात्रबृती रकम बितरण गरीएको स्व अनमोल खडकाका बुवा अमर खडकाले बताउनु भयो ।

 

स्वर्गिय छोरा अनमोलको सम्झनामा बुवा अमर खडकाले जेहेन्दार बिद्यार्थिहरुलाइ  हरेक बर्ष प्रोत्साहन स्वरुप छात्रबृती रकम बितरण गरीने बताउनु भयो । उक्त रकम स्वर्गीय अनमोल खडकका बाजे खली खडका, जेठो बुवा शिब बहादुर खडका, बुवा अमर खडका, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी,बिद्यालयका शिक्षकहरुबाट बिद्यार्थिहरुलाइ  प्रोत्साहन स्वरुप छात्रवृती रकम  हस्तान्तरण गरीएको हो । स्वर्गिय अनमोल खडका अमर बहादुर खडका र हरीमाया खडका बोगटीका जेठा छोरा हुन । 


 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा बस दुर्घटना ः चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट