यात्रुहरूको सुरक्षाको माग राख्दै मानब अधिकारकर्मि ओझाद्वारा गृहमन्त्रालयलाई ज्ञापनपत्र

कृष्ण चन्द =  सुदुरपश्चिममा पछील्लो समय सार्वजनिक यातायातमा सवारी धनी तथा चालकहरूको मनोमानीका कारण यात्रुहरूले कष्टकर यात्रा गर्नु परेको भन्दै डोटीका पत्रकार तथा मानव अधिकारकर्मी रामहरी ओझाले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

पत्रकार तथा मानव अधिकारकर्मी ओझाले सुदुरपश्चिम प्रदेश भरी सार्वजनिक यातायातमा यात्रुहरूको जिउधनको  सुरक्षाको माग गर्दै आइतबार सात बुदे ज्ञापनपत्र डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल  प्रसाद अर्याल मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

पछील्लो समय टिकट काउन्टर बाट टिकट नकाटी बिचौलीयाहरुले होटेल तथा बिच बाटोबाटै टिकट काटने गरेको गुनासो ब्यापक रुपमा बढेपछी ओझाले ज्ञापनपत्र बुझाउनु परेको बताए । उक्त सात बुदे ज्ञापनपत्रमा उल्लेख गरिएको छ, “सार्वजनिक यातायातका साधनहरुले क्षमताभन्दा झण्डै दोव्वर यात्रुहरु बोक्ने गरेका कारण यात्रुहरुले कष्ठपूर्ण यात्रा,गर्नु परेको , सिट क्षमता भन्दा वढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गरी सवारी ईजाजत रद्द गरिनु पर्ने, ट्राफिक प्रहरीले तोकिएको क्षमता भन्दा बढी यात्रुहरु वोक्ने सवारी साधनलाई कुनै कारवाही नगर्ने तर उल्टो केही रकम घुस खाइ छोड्ने, गरेको भन्दै  ज्ञापनपत्र बुझाएको हो ।

कतिपय सवारी साधनहरुले तोकिएको गन्तव्यमा नपुर्‍याई बाटोमै यात्रुहरुलाई अलपत्र पार्ने गरेका कारण यस्ता सवारी धनी र चालकलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग ओझाको छ । ज्ञापनपत्र बुझे लगत्तै प्रमुख जिल्ला अधिकारी अर्यालले मातहतका निकाय, जिल्ला प्रहरी कार्यालय डोटी र ट्राफिक प्रहरी कार्यालय डोटीलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

डोटी = सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर

दिपायल सिलगढी नगरपालिका–२ चौथो बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि

सेती नदिमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी - नुहाउने क्रममा सेती नदिमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार