दिपायल सिलगढी नगरपालिका–२ बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले आज एक समारोहकाबीच आज (मंगलबार) चौथो बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियान सञ्चालन गरिएका थिए।


बालश्रम मुक्त वडा घोषणा गर्दै दिपायल सीलगढी नगरपालीकाका प्रमुख बाजी सिँ खडकाले  बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए । नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै खडकाले प्रभावकारी अनुगमन हुनुपर्ने बताए


उनले  बालश्रम मुक्त बनाउने अभियान प्राथमिकताका साथ अघि बढाइएको बताएका छन । बालश्रम मुक्त गर्ने अभियानमा सहयोग गर्ने सबैलाई वडा न २ वडा अध्यक्ष राजेन्द्र खडकाले धन्यवाद दिएका छन । बालश्रम निवारण राष्ट्रिय रणनीतिले तोकेका सूचकहरु पूरा भएपछि वडालाई बालश्रम मुक्त घोषणा गरिएको अध्यक्ष खडकाले जानकारी दिए ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकालाई बालबालिका जनाइए पनि १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाईने कानुनी ब्यबस्था रहेको छ  ।

 साथै उक्त कार्यक्रममा वडा भित्र रहेका कर्मचारी, शिक्षक, शिक्षीका, जनप्रतिनिधि,  स्वास्थ्यका कर्मचारी, लगाएतको म्यादी बिमा गरीएको फाईल हस्तान्तरण गरीएको छ । आज भन्दा केहि समय पहिला उनिहरुको म्यादी बिमा गरीएको थियो ।
 

प्रतिकृया दिनुहोस

कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता

मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता

सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३  बस्ने अन्दाजी

सरकारले वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । सरकारले वैशाख ६ र ७ गते  भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले