भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति
बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –५ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको वडा ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर विवरण सङ्कलन गरिएको थियो ।
क्षति पुगेका घरको सङ्कलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पुर्याएकाे र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या एक सय २३ रहेको बताउनुभयो ।
बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उहाँको भनाइ छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पुर्याउने काम शुरु भएकाे छ । देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला प्राविको चार कोठे भवन पनि भूकम्पबाट जोखिममा परेका छन् ।
खप्तडमा विद्युत् नहुँदा समस्या
डोटी -खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय
पश्चिम नेपालमा बदली, चिसो बढ्ने
डोटी अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको
एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ
प्रतिकृया दिनुहोस