असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना गरिन लागेको लेखक संघ डोटीले जनाएको छ । नेपाल लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठाने  डोटीले आयोजना गरेको उत्सवमा सुदूरपश्चिमका एक दर्जन बढि साहित्यकारहरुको सहभागिता रहने छ । 


आयोजकले बिभिन्न जिल्लाका प्रतिष्ठित साहित्यकारहरुलाई आमन्त्रण गरेको छ । डडेल्धुराका कवि कैलाश कुमार पाण्डेय, गजलकार निर्मला बोगटी ,गजलकार एवंम कवि हेमा देउवाले प्रतियोगितामा सहभागिता जनाउने छन । कञ्चनपुरका लेखक गडसेरी माईला, लेखक एवम कवि कबिराज भटट, बैतडीका लेखक देबेन्द्र भटटका साहित्यीक रचनाहरु प्रस्तुत गरिने छन ।


कैलालीका शाहित्यकार पदमराज जोशी प्रभात निर्मल कुमार भण्डारी अछामका नविन चिराग, गायक तथा गजलकार राम साउँद, बझाङका गजलकार पुर्ण मल्ल,बाजुराका आख्यानकार हर्क खडायत र गजलकार लोकेन्द्र बोहरा परिवर्तनको सहभागितामा साहित्य उत्सव २०८१ मनाइन लागेको आयोजक लेखक संघ र साहित्य प्रतिष्ठान डोटीले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर

डोटीमा बस दुर्घटना

डोटी -डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका ४  को  समुहगाड