बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता
सुर्खेत : रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए। घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन्। बाढीले घर बगाउँदा घाइते हुभएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय ललित चन्दले जानकारी दिए।
आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ। बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ।
बोगटानको गगुडाबाट बस सेवा प्रारम्भ
कृष्ण चन्द डोटी - बोगटानको गगुडाबाट सोमबार देखी बस सेवा शुभारम्भ गरीएको छ । जिपहरुले त्यो क्षेत्रमा लामो समय देखी सेवा दीईरहेको भएपनि बस भने पहिलो
डडेल्धुरामा बस दुर्घटना ः चार जनाको मृत्यु, १२ घाइते
डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको
असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना
डोटी -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना
प्रतिकृया दिनुहोस