डोटीमा बेपत्ता महिलाको शव फेला

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी एक वेपत्ता महिलाको शव फेला परेको छ।शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट हराएकी थिइन् ।

बिहानै निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको चन्द्राका नातेदार समेत रहेका एमाले नेता नारद मलासीले जानकारी दिए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चन्द्राको खोजी गरिरहेको थियो ।

प्रहरी र स्थानीयबासीहरूको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाल प्रेसबाटशाभार

प्रतिकृया दिनुहोस

डडेल्धुरामा बस दुर्घटना ः चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट