नारायणी नदीमा २२ वर्षयताकै धेरै पानी : आज बिहान ४ लाख ३६ हजार क्यूसेक मापन
डोटी - नारायणी नदीमा २२ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । सन् २००२ मा नारायणी नदीमा चार लाख २९ हजार क्युसेक पानी बगेको थियो ।
त्यसबेला नारायणीको बाढीले त्रिवेणीको ठठिया खोलानजिक बांध बगाएर गाउँमा पसेको थियो । नदीमा भइरहेको उच्च बहाव जोखिमपूर्ण अवस्थामा पुगेपछि त्रिवेणी ब्यारेजको सबै ३६ वटा ढोका खाेलेर पानी बगाइएको छ ।
यस वर्ष मनसुन शुरू भएपछि नारायणी नदीमा पहिलो पटक पानीको बहाव चार लाख क्युसेक नाघेको हो । हिजो दिउँसो १२ बजे एक लाख ६१ हजार क्युसेक र दिउँसो २ बजे दुई लाख १८ हजार क्युसेक पुगेको थियो । बाढीका कारण नारायणी नदीको तल्लो तटीय क्षेत्र जोखिममा छ । सुस्ता गाउँपालिकाको वडा–३, ४ र ५ का स्थानीय बासिन्दा धेरै जोखिममा छन् ।
डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै
डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
प्रतिकृया दिनुहोस