सेती नदीमा बाढी : ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारियो

तस्बिर रासस

डोटी - सेती नदीमा जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा मा.वि.मा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई सारिएको हो । नदी किनारमा लगाएको तटबन्धमाथि नै जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा–६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा छन् । यसअघि २०७८ साल कात्तिक पहिलो हप्ता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो ।

प्रतिकृया दिनुहोस

आज क्रिसमस दिवस, सरकारद्धारा सार्वजनिक बिदा

इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने

चिसो मौसममा बिहान सबेरै ‘मर्निङ वाक’ नगर्न विज्ञको सुझाव

 चिसोयाममा बिहान झिसमिसेको पहिलो प्रहरमै ‘मर्निङ वाक’ निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुले बताएका छन् । एकाबिहानैको हावा

खप्तडमा विद्युत् नहुँदा समस्या

 डोटी -खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय