डोटीका तिन पालिकाका ९० जना किसानलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान
कृष्ण चन्द डोटी ,डोटी जिल्लाका तिन पालिकाका ९० जना किसानलाई २ दिने बाख्रापालन सम्बन्धी तालिम प्रदान गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले डोटी जिल्लाको शिखर नगरपालिका वडा न ४ र ५ का ३० जना, दिपायल सिलगढी नगरपालिका वडा न ८ लडागडाका ३० जना र पुर्वीचौकी गाउँपालिका वडा न ७ पोखरीका ३० जना गरि जम्मा ९० जना बाख्रापालक किसानहरुलाई प्रत्येक पालीकामा दुई दुई दिने बाख्रापालन तालिम प्रदान गरेको छ ।
गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग र सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने ३ वटै स्थानिय तहका बाख्रापालक किसानलाई सम्बन्धित स्थानिय तहका वडामा नै गई बाख्रा पालक किसानलाई बाख्रा पालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
उक्त तालिममा किसानले बाख्राका स्थानिय तथा बिदेशी जात र तिनका बिशेषता , बाख्राको प्रजनन, बाख्राको खोर सुधार, घरेलु स्तरमा दाना तथा मिनिरल ब्लक कसरी बनाउने , हे तथा साइलेज कसरी बनाउने , बिषालु घासको पहिचान , बाख्रामा लाग्ने रोग तथा परजिवीको पहिचान र तिनको घरेलु स्तरमा उपचार कसरी गर्ने भन्ने कुराको ज्ञान प्रदान गरिएको एकीकृत सामुदायिक बिकास परियोजनामा कार्यरत जुनियर टेक्निसियन निरज बोगटीले बताए ।
बाख्रापालन तालिमको उदघाटन तथा समापन गर्दै तिनै पालिकाका वडा तथा पशु शाखाका प्रतिनिधिहरुले तालिम आयोजक सामुदायिक बिकास मंच नेपाल र गुड नेवर्स ईन्टरनेशनल नेपाललाई धन्यबाद ब्यक्त गर्नुका साथै उक्त तालिमले बाख्रापालक कृर्षकलाइ धेरै थोरै भएपनी बाख्रापालन सम्बन्धी ज्ञान प्राप्त भएको र तालिममा सहभागी किसान बाख्रापालन ब्यवसाय तर्फ अझै अग्रसर हुनेमा आफूहरु बिश्वस्त रहेको कुरा ब्यक्त गर्नुभयो । साथै यस्ता तालिमहरु आगामी दिनमा पनि निरन्तर संचालन गरिदिनुहुन्न आयोजक टिमलाई अनुरोध गर्नुभयो ।
डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै
डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
प्रतिकृया दिनुहोस