डोटीका तिन पालिकाका ९० जना किसानलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान 

 कृष्ण चन्द डोटी ,डोटी जिल्लाका तिन पालिकाका ९० जना किसानलाई  २ दिने बाख्रापालन सम्बन्धी तालिम प्रदान गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपालले डोटी जिल्लाको  शिखर नगरपालिका   वडा न  ४ र ५ का ३० जना, दिपायल सिलगढी नगरपालिका  वडा न ८ लडागडाका  ३० जना र पुर्वीचौकी गाउँपालिका वडा न ७ पोखरीका ३० जना गरि जम्मा ९० जना बाख्रापालक किसानहरुलाई  प्रत्येक पालीकामा दुई दुई  दिने बाख्रापालन तालिम प्रदान गरेको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च (सिडिएफ) नेपाल डोटीको साझेदारी मार्फत सञ्चालित एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  ३ वटै स्थानिय तहका बाख्रापालक किसानलाई  सम्बन्धित स्थानिय तहका वडामा नै  गई  बाख्रा पालक किसानलाई  बाख्रा पालन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

उक्त तालिममा किसानले बाख्राका स्थानिय तथा बिदेशी जात र तिनका बिशेषता , बाख्राको प्रजनन, बाख्राको खोर सुधार, घरेलु स्तरमा दाना तथा मिनिरल ब्लक कसरी बनाउने , हे तथा साइलेज  कसरी बनाउने , बिषालु घासको पहिचान , बाख्रामा लाग्ने रोग तथा परजिवीको पहिचान र तिनको घरेलु स्तरमा उपचार कसरी गर्ने भन्ने कुराको  ज्ञान प्रदान गरिएको एकीकृत सामुदायिक बिकास परियोजनामा कार्यरत  जुनियर टेक्निसियन  निरज बोगटीले बताए ।

बाख्रापालन तालिमको उदघाटन तथा समापन गर्दै तिनै पालिकाका वडा तथा पशु शाखाका प्रतिनिधिहरुले  तालिम आयोजक सामुदायिक बिकास मंच  नेपाल र गुड नेवर्स ईन्टरनेशनल नेपाललाई  धन्यबाद ब्यक्त गर्नुका साथै उक्त तालिमले बाख्रापालक कृर्षकलाइ  धेरै थोरै भएपनी  बाख्रापालन सम्बन्धी ज्ञान प्राप्त भएको र तालिममा सहभागी किसान  बाख्रापालन ब्यवसाय तर्फ अझै अग्रसर हुनेमा आफूहरु  बिश्वस्त रहेको कुरा ब्यक्त गर्नुभयो ।  साथै यस्ता तालिमहरु आगामी दिनमा पनि निरन्तर  संचालन गरिदिनुहुन्न आयोजक टिमलाई  अनुरोध गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस

डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ

डोटी -डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका–३ चनकट्टे

बोगटानका स्थानिय अझै सोलार र टुकीको भरमा

डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक

बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

डोटी  बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । बोगटान फुड्सिल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा